बुटवलमा कोरोना संक्रमित एकको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

तिलोत्तमा, १९ कार्तिक। रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

गुल्मीका ८५ वर्षीय व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले जानकारी दिए।

गुल्मीको दरबार गाउँपालिका–६ ती व्यक्तिको बुधबार बिहान मृत्यु भएको हो। कात्तिक १३ गते कोरोना पोजिटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए। उनमा ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्