बुटवल बहुमुखी क्यापसका सह–प्रध्यापक डा. पौडेलको मृत्यु

pic
लाेकपाटी न्यूज

भैरहवा, २३ कार्तिक। स्कुटर सिक्ने क्रममा दुर्घटना भएर रुपन्देहीको तिलोतमा नगरपालिकामा सह–प्राध्यापकको मृत्यु भएको छ। बुटवल बहुमुखी क्यापसका सह–प्रध्यापक डा. शिव पौडेल आफ्नै घरको कम्पाउन्डमा स्कुटर सिक्ने क्रममा ठोक्किएर गम्भीर घाइने भएका थिए।

उनलाई उपचारका लागि अस्पताल पुर्याउने क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख डम्बर बिश्वकर्माले बताए।

घाइते पौडेललाई क्रिमसन अस्पताल पुर्याइए पनि उपचार सुरु गर्नु अघि नै उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ।

बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख समेत रहेका डा. पौडेल २२ वर्षदेखि प्राध्यपन गराउँदै आएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्