बुढिगंगा नगरपालिकाका मेयर शाहलाई कोरोना संक्रमण

pic
लाेकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा,२७ कार्तिक। बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका प्रमुख दिपक बिक्रम शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

केही दिन अगाडि स्वाव संकलन गरी अछामको कमल बजारमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा नगर प्रमुख शाहको कोरोना रिपोर्ट पोजेटिभ आएको बुढिगंगा नगरपालिकाले जनाएको छ।

मेयर शाह लगायत ४७ जनाको स्वाव संकलन गरी पठाएको र मेयर शाहबाहेक अरु सबैको नेगेटिभ रिर्पोट आएको नगरपालिकाले जनाएको छ। मेयर शाह हाल टाटेँ स्वास्थ्य चौकीको क्वाटरमा आइसोलेसनमा रहेका छन्। स्वास्थ्यमा अवस्था सामान्य रहेको मेयर शाहले बताए।

केहीदिन पहिला टाटेँ स्वास्थ्य चौकीमा कार्यरत १ जना कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएको थियो। हाल सम्म बाजुरामा ४ हजार ३३ जनाको परिक्षणमा ५ सय ९२ जना कोरोना संक्रमीत रहेका छन् भने अहिले सम्म २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यसैबिच बुढिगंगा नगरपालिकाका मेयर दिपक बिक्रम शाहलाई कोरोना पुष्टि भएसँगै नगरपालिकाका सबै सेवा बन्द गरिएको छ। सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाका सेवा बन्द गरेको जनाएको छ। २७ गते देखि सेवा नियमावली बमोजिम सेवा संचालन गर्ने ब्यहोरा उल्लेख गर्दै नगरपालिकाले सेवा बन्द गरिएको सूचनामार्फत जानकारी गराएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्