बुधबार १४४२ जना कोरोना संक्रमित थपिए

corona_test
लाेकपाटी न्यूज

काठमाडौं, ३ मंसिर। पछिल्लो २४ घण्टामा १४४२ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४४२ जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ। २४ घण्टामा जम्मा ६ हजार ७३१ पीसीआर परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार हालसम्म १६ लाख २३ हजार ७५४ जनाको पीसीआर परिक्षण गरिएको छ।

सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना कोरोनामुक्त भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२५९ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्