बुधबार २५६९ जना कोरोना संक्रमित थपिए

corona_test
  • 6
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २६ कार्तिक। नेपालमा थप २ हजार ५६९ जना कोरोना संक्रमित थपिएका छन्।छिल्लो २४ घण्टामा थप २ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार ८१ पीसीआर परीक्षण गर्दा थप २ हजार ५६९ जनामा कोरोना पुष्टि भएको जनाएको छ।

आज देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६६६ जना कोरोना संक्रमित निको भएका छन्।

योसँगै निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ। निको हुनेको प्रतिशत ८१.२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्