बेलायती राजकुमार विलियमलाई कोरोना संक्रमण

bretain-rajkumar
लाेकपाटी न्यूज

एजेन्सी। बेलायती राजकुमार विलियमलाई कोरोना संक्रमण भएको छ। उनलाई गत अप्रिल महिनामै कोरोना भाइरस सङ्क्रमण भएको ब्रिटिश राजदरबारका स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

अप्रिलमा बुवा प्रिन्स अफ वेल्स चार्ल्सलाई सङ्क्रमण भएताका नै उनलाई पनि सङ्क्रमण भएको जनाइएको छ।

३८ वर्षीय विलियमले सर्वसाधारणमा अनावश्यक तनाव नहोस् भनेर आफ्नो सङ्क्रमणकाबारे सार्वजनिक जानकारी नदिएको हुन सक्ने वेलायती सञ्चार माध्यमहरूले जनाएका छन्।

राजकुमार विलियमको निवास तथा कार्यालय रहेको केन्सिङ्टन दरबारले भने अहिलेसम्म यसबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्