बैतडी बस दुर्घटना अपडेट, मृतकको संख्या ९ पुग्यो

Accident-1
लाेकपाटी न्यूज

डोटी, २८ कार्तिक। बिहीबार राति बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीवार राति करिब साढे १० बजेतिर खोड्पे बजार नजिक दुर्घटना भएको हो।

दुर्घटनामा परि आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको हो। एसएसपी मुकेशकुमार सिंहका अनुसार मृतकहरुमध्ये एक जना प्रहरी जवान रणबहादुर चन्दको सनाखत भएको छ। बैतडी घर भएका उनी दाङको हापुरे इलाका प्रहरी कार्यालयमा कार्यरत थिए। उनको परिचयपत्रको आधारमा पहिचान खुलेको एसएसपी सिंहले बताए।

दुर्घटनामा ३४ जना घाइते भएका छन्। घाइतेहरुको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको एसएसपी सिंहले जानकारी दिए। उनीहरुलाई धनगढी रिफर गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्