बौद्धबाट पक्राउ परे पुण्य गौतम

Punne Gautam
लाेकपाटी न्यूज

काठमाडौं। पुण्य गौतम पक्राउ परेका छन्। युट्युब च्यानलमा विभिन्न विषयमा आफ्ना अभिव्यक्ति दिएर चर्चामा आइरहने पुण्य गौतम पक्राउ परेका हुन्। उनी बौद्ध क्षेत्रबाट पक्राउ परेका हुन्।

गौतमले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेलाई कालो झण्डा देखाउँछु भन्ने अभिव्यक्ति दिएका कारण पक्राउ परेका हुन्।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने आज तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन्।
गौतमले आफ्नो युट्युबमा नरभानेलाई कालो झण्डा देखाउँछु भनेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्