भाइटिकामा मोबाइल बैंकिङ्गबाट दिदीबहिनीलाई दक्षिणा दिँदा एनआइसी बैंकले एक सय रुपैयाँ थपिदिने

Creative_on_Digital_Dakshina_for_Tihar__IX10TRpgKh
लाेकपाटी न्यूज

काठमाडौं। एनआइसी एशिया बैंकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाइटिका २०७७ को उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको छ।

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले भाईटिकामा ग्राहक महानुभावहरूले आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रदान गर्नुभएमा दक्षिणा रकममा थप रू१०० बैंकले आफ्नो तर्फबाट प्रदान गरिदिनेछ।

यस बैंकमा आबद्ध ग्राहकलाई भाईटिकाको दिनको लागि यो योजना लागू गरिएको छ भने योजनामा सहभागी हुन न्यूनतम रू. ५०० स्थानान्तरण गर्नुपर्नेछ। यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ३०० सम्म दक्षिणा प्राप्त गर्न सक्नुहुनेछ। उक्त रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्नेछ ।

यस योजनाअन्तर्गत मोबैंक एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकले मोबैंक एपमा रहेको ‘डिजिटल दक्षिणा’ मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमार्कस्मा भाइटिका जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ।

साथै बैंकले ल्याएको आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजनामा ग्राहक महानुभावहरूले १ कात्र्तिक देखि ५ मंसीरसम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सकिनेछ।

डिजिटल फष्ट बैंक बन्ने आफ्नो दीर्घकालिन रणनीतिअनुरुप बैंकले आफ्ना डिजिटल सेवा तथा सुविधाहरू बढी भन्दा बढी ग्राहक महानुभावहरू समक्ष पुर्‍याउन विभिन्न प्रवद्र्धनात्मक योजनाहरू सञ्चालन गरिरहेको छ।

जस अनुरुप ग्राहकले मोबाइल बैंकिङबाट भुक्तानी गर्दा ह्याप्पी आवर योजनाबाट रू ४००र–, सुपर सिक्स क्याम्पेन योजनाबाट रू. ५०० तथा अनलाइनबाट खाता खोली पहिलोपटक मोबाइल बैंकिङमार्फत कारोबार गर्दा रू.५०० गरी मासिक रुपमा रू १,४०० सम्मको नगदफिर्ताको योजना समेत बैंकले सञ्चालन गरिरहेको छ।

साथै बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिटरक्रेडिट)  प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्