भारतद्वारा नेपाललाई २८ वटा आईसीयू र भेन्टिलेटर सहयोग

icu-va pic
लाेकपाटी न्यूज

काठमाडौं, २३ कार्तिक। नेपाललाई भारतले २८ वटा आईसीयू र भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ।

कोरोना भाइरस विरुद्धको लडाईमा नेपाल सरकारलाई थप सहयोग स्वरुप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारत सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कार्तिक २३ गते सो सामग्री हस्तान्तरण गरेका हुन्।

यसअघि भारतले नेपाललाई वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री, जेठ ४ गते कोभिड–१९ परीक्षण कीट (आरटी–पिसिआर), श्रावण २५ गते आइसीयूरभेन्टिलेटर र भाद्र ३० गते रेम्डेसिभिर औषधि प्रदान गरिसकेको दूताबासले जनाएको छ।

हस्तान्तरण कार्यक्रममा राजदूत क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाईमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको कुरा दोहो¥याएका छन्।