भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार नाघ्यो

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं। भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा भारतमा थप ४६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार १४९ पुगेको छ।

यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख ८२ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ४६ हजार ७१५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८१ लाख ८२ हजार ८८१ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ७४ लाख ८९ हजार २०३ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्