भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?

corona_virus
  • 12
    Shares
लोकपाटी न्यूज

एजेन्सी। भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ८३ लाख ६४ हजार नाघेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार २०९ जना नयाँ संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५५ हजार ३३१ जना संक्रमणमुक्त भएका छन्। भारतमा हाल सक्रिय संक्रमितको संख्या ५ लाख २७ हजार ९६२ रहेको छ। मन्त्रालयले हालसम्म कोरोना संक्रमितमध्ये ७७ लाख ११ हजार ८०९ जना संक्रमणमुक्त भएको जनाएको छ।

भारतमा हालसम्म कोरोना संक्रमितमध्ये १ लाख २४ हजार ३१५ जनाको मृत्यु भएको छ जसमा पछिल्लो २४ घण्टामा थप ७०४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो। भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर ११ करोड ४२ लाखभन्दा बढी नमूना परीक्षण गरिएको जनाएको छ।

भारतमा कोरोनाभाइरस संक्रमितमध्ये निको हुनेको दर ९२ प्रतिशतको हाराहारीमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्