भारतीय विदेश सचिव हर्षवर्द्धनको नेपाल भ्रमण तय

Harsh-Vardhan-Shringla-
  • 27
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगाले यही नोभेम्बर २६ तारिखबाट नेपालको दुई दिने भ्रमण गर्ने भएका छन्। गत पुसमा भारतको विदेश सचिव नियुक्त भएका श्रृंगलाले पहिलो पटक नेपालको भ्रमण गर्न लागेका हुन्।

भ्रमणको क्रममा श्रृंगलाले समकक्षी भरतराज पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट्ने कार्यक्रम समेत तय भएको जनाइएको छ। गत वर्ष भारतले कालापानी लगायतको क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेयता दुई देशबीचको सम्बन्धमा चिसोपन रहंदै आएको छ। उनको भ्रमणले दुई देशको सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको छ।

विदेश सचिव श्रृंगलाको भ्रमणलगत्तै दुवै देशको परराष्ट्र मन्त्रीस्तरमा समेत भ्रमण हुने तयारी भइरहेको स्रोतले जनाएको छ। पछिल्लो समय नेपाल–भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा समस्या हल गर्ने, विकास आयोजनामा भारतीय लगानी बढाउने लगायत विषयमा आन्तरिक छलफल भइरहेको छ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रूपमा भारतिय गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। गोयलको भ्रमणपछि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले समेत नेपाल भ्रमण गरेका थिए।