भारतीय विश्लेषक गाैरवकाे ट्वीट : ‘स्वीस बैंकमा ओलीकाे अनाधिकृत पैसा छ’

PM_KP_OLI
लाेकपाटी न्यूज

काठमाडौं। भारतीय राजनीतिक विश्लेषकले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन्। भारतीय परराष्ट्रविद तथा राजनीतिक विश्लेषक गौरव प्रधानले आफ्नो ट्वीटर ह्याण्डलबाट नेपालका प्रधानमन्त्री ओलीको स्वीस बैंकमा अनाधिकृत बैंक खाता रहेको बताएका हुन्।

आफ्नो बैक खाता भएको बारे प्रधानमन्त्री ओलीले अस्वीकार गरे पनि हालै भएको नेपाल भ्रमणका क्रममा भारतको गुप्चर संस्था रअ प्रमुखले यसबारेमा प्रमाण पेश गरेपछि प्रधानमन्त्री ओली निरुत्तर रहेको प्रधानले ट्वीटरमा उल्लेख गरेका छन्।

1

प्रधानमन्त्री ओलीको बैंक खातामा पाकिस्तानले पैसा राखिदिने गरेको गम्भीर आरोप समेत प्रधानले लगाएका छन्।सामाजिक सञ्जाल ट्वीटरमा प्रधानले गत अक्टुबर २३ मा यस्तो ट्वीट गरेका हुन्।

यस प्रकारको संगीन आरोप सहितको ट्वीट गरेको दुई साता पुग्न लाग्दा पनि नेपाल सरकार र प्रधानमन्त्री ओलीको सचिवालयले भने अहिलेसम्म कुनै खण्डन वा प्रतिक्रिया जनाएको छैन । सानो सानो विषयमा समेत खण्डन गरिहाल्ने र प्रतिक्रिया जनाइहाल्ने प्रधानमन्त्री ओली र उनको सचिवालयले यति गम्भीर आरोपलाई समेत वेवास्ता गरिनु अर्थपूर्ण रहेको छ।

2

गौरव प्रधानको लिंकड इन खाता अनुसार उनी तथ्यांक वैज्ञानिक हुन्। समय समयमा विभिन्न टेलिभिजन वहसमा उनले राजनीतिक विश्लेषकका रुपमा सहभागीता जनाउने गरेका छन्। उनी भारतको सत्तारुढ दल भाजपा निकट छन्।