भारतीय सेना प्रमुख नरवाने आज नेपाल आउँदै

Indian_Army_Chief_Manoj_Naravane_1603799447
लाेकपाटी न्यूज

काठमाडौं। भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवाने तीनदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आउँदैछन्। नरवाने बुधबार अपरान्ह भारतीय सेनाको विशेष विमानमार्फत् नेपाल आउने छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा उनी चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल आउन लागेका हुन्। बुधबार उनको औपचारिक कार्यक्रम छैन। उनी होटल सोल्टीमा बस्नेछन्।

उनको भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले मंगलबार सुरक्षा जाँचमा कडाइ गरेको छ। मंगलबार दिउँसो सुरक्षा निकायबीच छलफलसमेत भएको थियो। नरवानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपाली सेनाको मानार्थ प्रधानसेनापति (महारथी) को दर्जा प्रदान गर्ने छिन्। नेपाल र भारतका सेनाले एक-अर्काका सेनापतिलाई मानार्थ सेना प्रमुखको दर्जा दिने परम्परा छ। नरवाने शुक्रबार भारत फर्कनेछन्।

यसैबीच नरवानेले आफ्नो भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई थप बलियो बनाउने बताएका छन्। मंगलबार भारतीय न्युज एजेन्सी (एएनआई) ले सार्वजनिक गरेको छोटो भिडियो सन्देशमा यो भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई मजबुत बनाउन लामो बाटो तय गर्ने नरवानेले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्