भिटेनले मागे माफीः नयाँ म्यूजिक भिडियो सार्वजनिक गर्ने तयारी

लोकपाटी न्यूज

काठमाडौं। आपत्तिजनक शब्द प्रयोग गरेर ‘पारा’ गीत सार्वजनिक गरेपछि र्‍यापर भिटेनले माफि मागेका छन्। गीतमा प्रयोग भएका शब्द विवादित बनेपछि र्‍यापर समिर घिसिङ ‘भिटेन’ले माफी मागेका हुन्। कात्तिक ८ गते भिटेनको युट्युब च्यानलबाट सार्वजनिक भएको गीत पाराको शब्दलाई लिएर आलोचना भएको थियो।

भिटेनले विज्ञप्ती सार्वजनिक गर्दै प्रकाशित म्यूजिक भिडियोले कतिपय निकाय प्रति ठेस पुग्न गउको भन्ने गुनासो आएकोले उक्त म्यूजिक भिडियोलाई आधिकारिक च्यानल भिटेन म्यूजिकबाट हटाइएको जानकारी दिइएको छ। यस्तै विज्ञप्तीमा आपत्तिजनक ठानिएका शब्दहरुलाई संशोधन गरिएको र नयाँ भिडियो चाँडै निकाल्ने तयारी गरिएको पनि उल्लेख गरिएको छ।

विज्ञप्तिमा सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्यूजिक भिडियोमा प्रयोग भएका शब्दहरुबाट पर्न गएको असुविधा र चोट प्रति क्षमा मागिएको छ। विज्ञप्तिमा पहिलाको गीत अरु च्यानलबाट अपलोड नगरिदिन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्