मंगलबार २७३६ जना कोरोना संक्रमित थपिए

covid-19_corona
लाेकपाटी न्यूज

काठमाडौं। नेपालमा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थप २ हजार ७३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो। योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ९९ हजार ७६० पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ६० हजार ५७७ जना कोरोना मुक्त भइ घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ८५३ सङ्क्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर ३८ हजार ३५ जना सक्रिय सङ्क्रमित रहेका छन्। देशभर १ हजार ५८ जना क्वारेन्टिनमा छन् ।

कोरोनाबाट थप २२ जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट थप २२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा सङ्क्रमणबाट मर्नेको संख्या १ हजार १४८ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्