मंसिर २ गतेदेखि सार्वजनिक स्थानमा निःशुल्क खाना खान खुवाउन नपाइने

free khana
लाेकपाटी न्यूज

काठमाडौं, २१ कार्तिक। मंसिर २ गतेदेखि खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द गरिने भएको छ।

काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच भएको सहमति अनुरुप मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना खुवाउने कार्य बन्द गर्ने सहमति भएको हो।

फेरि पनि निःशुल्क खाना खुवाउनु परेमा वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय पालिकाहरुसँग समन्वय गरेर मात्रै खाना खुवाउने कार्य गरिने भएको छ। शुक्रबार काठमाडौं महानगरपालिका र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच भएको सहमतिअनुसार खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ।

खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने ठहर दुबै पक्षले गरेका छन्। सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि उपाय बिहिन भएर खान नपाएकाहरुलाई अभियन्ताले खुलामञ्चमा निशुल्क खाना खुवाउदै आएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्