मंसिर ३ देखि काठमाडौं जिल्ला प्रशासनको नियमित कार्य सुरु हुने

homeministry
लाेकपाटी न्यूज

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ३ गतेदेखि मात्र दिने भएको छ। सो कार्यालयले आगामी मंसिर ३ गतेबाट मात्र दिने गरी कार्यालय खुला गरिने जानकारी आज सूचना प्रकाशन गरेर जानकारी दिएको हो।

कोरोना महामारीका कारण हाल बन्द रहेका नागरिकता वितरणलगायतको सेवा मंसिर ३ गतेबाट मात्र दिने जनाएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरेर नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नावालिग परिचयपत्र, राहदानी हतियार दर्ता तथा नवीकरण जस्ता सेवा मंसिर ३ गतेदेखि खुला गर्ने जानकारी दिएको हो।

मंसिर ३ गतेबाट सो कार्यालयले यस जिल्लाका स्थानीय तहहरुलाई बार अनुसार बाँडेर निश्चित बार निश्चित मात्र स्थानीय पालिकाको मात्र सेवा दिने गरी सूचना प्रकाशन गर्ने पनि बताइएको छ। जसअनुसार आइतबार काठमाडौं महानगरपालिकाको वडा नं १ देखि ११ सम्मका बासिन्दाले, सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन् ।

त्यस्तै मंगलबार काठमाडौं महानगरपालिकाको वडा नं १२ देखि २१ सम्मकाले, बुधबार बुढानीलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिका, बिहीबार काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ देखि ३२ सम्मकाले र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन् ।

यस बाहेकका कार्यालयले दिनुपर्ने अन्य सेवाहरु जस्तै पत्रपत्रिका, संघ संस्था दर्ता र नवीकरणसम्बन्धी सेवा पनि बार अनुसार बर्गीकरण गरेर दिइने कार्यालयले सूचनामा उल्लेख गरेको छ। संघसंस्था दर्ताको काम सोमबार र बुधबार, संघसंस्था नवीकरण आइतबार, मंगलबार बिहीबार र पत्रपत्रिका, छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्र हुनेछ। प्रतिलिपी पत्राचार सेवा प्रत्येक दिनको ४ बजेपछि दिनेछ।

उता मुद्धामामिलासम्बन्धी तथा शान्ति सुरक्षासम्बन्धी कार्यहरु भने सम्बन्धित विषयमा हुनुपर्ने समन्वय र छलफलका साथै विपद व्यवस्थापनसम्बन्धी कार्यहरु भने यस कार्यालयले सबै दिन दिनेगरी व्यवस्था गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई नै कोरोना संक्रमण भएको थियो। कोरोना महामारीको जोखिम उच्च रहेको र कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको भन्दै सो कार्यालयले गएको असोजको अन्तिमदेखि नै कतिपय सेवा स्थगित गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्