मकवानपुरमा एकैदिन थप ५१ जनामा कोरोना

corona_test
लाेकपाटी न्यूज

मकवानपुर, २० कार्तिक। मकवानपुरमा बिहीबार एकै दिन थप ५१ जनामा कोरोना पुष्टि भएको छ।

आज बिहान सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप ५१ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिए।

हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा २८ महिला र २३ जना पुरुष रहेका छन्।

हेटौंडा उपमहानगरका विभिन्न वडाका ४४ जना रहेका छन्। त्यस्तै, भीमफेदीका २ जना, मकवानपुरगढीका २ र जिल्ला बाहिर ठेगाना भएका ३ जना गरी ५१ जनामा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्