महरा पत्निकाे निधनप्रति प्रचण्डद्वारा दुख व्यक्त

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं। पूर्वसभामुख कृष्ण बहादुर महराकी पत्नी सिता महराको निधनप्रति नेकपाका अध्यक्ष प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष प्रचण्डले पूर्वसभामुख महरासहित सम्पूर्ण परिवारमा गहिरो समवेदनासमेत व्यक्त गरेका छन्।

प्रचण्डले लेखेका छन्,‛पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराको जीवनसंगीनी सीता महराको आज बिहान ६ः२५ बजे नर्भिक हस्पिटलमा असामयिक निधनको खबरले दुःख लागेको छ। उहाँ माइस्थेनिया नामक रोगबाट विगत लामो समयदेखि पीडित हुनुहुन्थ्यो। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।’

pic