महासचिव पौडेलपछि नेम्वाङसँग छलफलमा प्रचण्ड

Prachanda_Subas
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ नेताहरुसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन्। अध्यक्ष प्रचण्डसँग केहीबेर छलफल गरेर महासचिव विष्णु पौडेल बाहिरिएका छन्।

शुक्रवार पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा छलफल भएको बताइएको छ। पौडेल बाहिरिए लगत्तै प्रचण्डले स्थायी कमिटी सदस्य सुवास नेम्वाङसँग छलफल थालेका हुन्।

पार्टी कार्यलयका सचिव श्रीराम ढकालका अनुसार उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल पनि अहिले पार्टी कार्यालयमा छन्। उनी आफ्ना कार्यकर्ताहरुसँग भेटघाटमा छन्। प्रायजसो निवासमा नै छलफल गर्ने नेताहरु आज पार्टी कार्यालयमा जुटेका छन्।

नेकपा अध्‍यक्ष केपी शर्मा ‌ओली र कार्यकारी अध्यक्ष प्रचण्ड पक्षबीच विवाद बढ्दै गएको छ। उक्त विवादका कारण कार्यकर्तासमेत विभाजित हुन थालेका छन्। यस्तो परिस्थितिमा प्रचण्डले दोस्रो तहका नेताहरुसँगको भेटघाट तीव्र बनाएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्