माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा खाँड पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

काठमाडौं, १७ कार्तिक। काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्।

काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय प्रज्वल खाँडलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटीएम फोडदै गरेको अवस्थामा पक्राउ गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्