मास्क नलगाए दुई हजार जरीवाना

Corona Safty Kids
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। भारतको दिल्ली सरकारले बिहीबार सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरीवाना गरिने बताएको छ। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मानिसहरुलाई कोरोना भाइरस (कोभिड-१९) को नियम पालना गराउन यस्तो व्यवस्था गरिएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्।

सार्वजनिक स्थलमा जाँदा मास्क लगाउनाले कोरोना संक्रमणमा ठूलो कमी आउन सक्ने उनको भनाइ छ। केजरीवालले दिल्लीमा संक्रमितको उपचारका लागि पर्याप्त बेडहरु रहेको दाबी गरे। उनले बिहीबार दिल्लीमा कोरोना संक्रमणको अवस्थाबारे अध्ययनको लागि सर्वपक्षीय बैठक बोलाएका थिए। केजरीवालले उक्त बैठकमा सबै पार्टी एक भई दिल्लीका नागरिकको सेवाको लागि तयार भएको जानकारी दिए।

साथै दिल्लीले सार्वजनिक स्थलमा आउँदै गरेको छठ पर्व मनाउन पनि रोक लगाएको छ। केजरीवालले सबैलाई आफ्नै घरमा छठ मनाउन आग्रह गरे। दिल्लीमा अहिले कोरोनाको दोस्रो लहर फैलिएको छ। दिल्लीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्