‘मुलुकमा गम्भीर संकट आउन सक्छ, तयार रहनूस्’

PM_KP_Oli
लाेकपाटी न्यूज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा गम्भीर संकट आउन सक्ने चेतावनी दिएका छन्। मन्त्रीहरुलाई यसको सामना गर्न तयार रहन निर्देशन दिएका छन्। बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले यस्तो बताएका हुन्।

पार्टी र सरकारले बेहोरिरहेको जटिलताबारे समेत उनले बैठकमा जानकारी गराएको एक मन्त्रीले बताए। उनका अनुसार, ‘उहाँले मुलुक र पार्टीमा राजनीतिक संकट देखा परेको बताउनुभयो। यो संकट अझै बढ्न सक्ने प्रधानमन्त्रीज्यूको भनाइ थियो।

सरकारलाई असफल बनाउन पार्टीभित्रका नेताहरु सक्रिय भएको संकेत गरेका थिए। तर उनले पार्टीमा देखिएको संकटबारे भने खुलाएका थिएनन्। उनले हल्लाको पछि नलागी काममा ध्यान दिन मन्त्रीहरुलाई निर्देशन समेत दिएका थिए।

बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै उनले आफूले राजीनामा दिए देश बर्बादीतर्फ जाने बताएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्