मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

Accident-1
लाेकपाटी न्यूज

बाँके, २७ कार्तिक। बाँकेको राप्ती सोनारी गाउँपालिका २ मा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृतयु भएको छ।

दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका ३ का नेउलापुरका २२ वर्षीय आशिष थारू र १९ वर्षीय सौरभ थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको मुगुवा खोला नजिकै मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

जमार्गमा रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम गइरहेको ना ५५ प ९७५६ को मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दाजुभाइको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्