मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

mausama
लाेकपाटी न्यूज

काठमाडौं, १७ कार्तिक। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको धेरैजसो भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

हाल प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको प्रदेश न १, कर्णाली प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भू भागको मौसम सफा रहनेछ।

त्यस्तै प्रदेश नम्बर १ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ।

त्यस्तै आज राति पनि प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ।

त्यस्तै प्रदेश न १ र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहकोे महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्