युएईका प्रधानमन्त्रीले लगाए कोरोनाको खोप

UAE
  • 96
    Shares
लोकपाटी न्यूज

एजेन्सी। युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड-१९ को खोप लिएका छन्।

प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक गरेका थिए। उनले ट्वीटरमा युएईका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड-१९ विरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराइने बताएका छन्।

केही साताभित्रै युएईका कतिपय मन्त्रीहरुले पनि खोप लिइसकेका छन्। युएइले कोभिड-१९ का बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन थालेको जनाएको छ। तर कुन देश वा कम्पनीको खोप लगाइएको हो भन्ने स्पष्ट गरिएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्