युक्रेनी राष्ट्रपतिलाई कोरोना संक्रमण

volodymyr_zelenskyy
लाेकपाटी न्यूज

काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति जेलेन्स्कीसँगै उनका शीर्ष सहयोगी तथा युक्रेनका रक्षामन्त्री, र अर्थमन्त्रीलाई पनि सङ्क्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि युक्रेनले गएको मार्च महिनामा कडा लकडाउन गरे पनि मे महिनामा खुकुलो बनाएको थियो।

युक्रेनमा अहिलेसम्म पाँच लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने कोरोना भाइरसको सङ्क्रमणका कारण नौ हजारभन्दा धेरैको ज्यान गएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्