रहेनन् वामपन्थी शिक्षक मरहट्टा

Madhav marahatha
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपालको शैक्षिक आन्दोलनका व्यक्तित्व गोरखाका वामपन्थी विचारधारी शिक्षक माधव प्रसाद मरहट्टाको कोरोना संक्रमणका कारण निधन भएको छ। ६७ वर्षको उमेरमा मंगलबार बेलुका मरहट्टाको निधन भएको परिवारिक स्रोतले जनाएको छ।

गोरखाको आँपपिपल हाल पालुङटार नगरपालिका वडा नं २ मा जन्मिएका मरहट्टा जनता मावि आँपपिपलमा लामो समयसम्म शिक्षण गरेका थिए भने अध्यापनकै क्रममा केही वर्ष जनशक्ति मावि नामजुङमा पनि कार्यरत रहेका थिए। विगत २ दसकदेखि काठमाडौं बानियाँटारमा फ्लोरिसेन्ट माविको स्थापना गरी मरहट्टा संस्थापक प्रिन्सिपल समेत भएका थिए।

पालुङ्गटार क्षत्रको शैक्षिक एवं राजनीतिक धरोहरका रुपमा स्थापित मरहट्टाको योगदान अतुलनिय रहेको छ। केहि वर्षदेखि अस्वस्थ रहदै आएका मरहट्टा पछिल्लो समय काठमाडौंको सामाखुसीमा बसोबास गर्दै आएका थिए।

समग्र जीवनकाल भरी वामपन्थी विचारलाई साथ दिएका महरट्टाका एक श्रीमती, दुई छोरा र एक छोरी रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्