राति बालुवाटार पुगेर चिनियाँ राजदूत यान्छीले भेटिन् प्रधानमन्त्री ओलीलाई

oli yanxin
  • 22
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। नेकपामा आन्तरिक कलह बढेर पार्टी फुटको संघारमा पुगेका बेला नेपालमा चिनियाँ राजदूतको सक्रियता बढ्ने गरेको हो। यसपालि पनि नेकपाको विवाद दुर्घटनातर्फ उन्मुख भइरहेको वेला विगतमा जस्तै चिनियाँ चासो बढेको छ।

केही समय अघि नेपाल आएका भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयलले प्रधानमन्त्रीलाई भेटेपछि चर्किएको नेकपा विवाद व्यवस्थापन गर्न चिनियाँ राजदूत हाउ यान्छी फेरि पनि नेकपाको कलह व्यवस्थापनका लागि मञ्चमा देखापरेकी छिन्।

मंगलबार राति बालुवाटार पुगेर चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री केपी ओलीलाई भेटेकि थिइन्। राति साढे १० बजे यान्छी बालुवाटारबाट बाहिरिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । बुधबारको नयाँ पत्रिका दैनिकमा आएको समााचार अनुसार राजदूत हाउ यान्छीले मंगलबार राति करिब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेकी छिन् ।

राति ९ बजे सुरु भएको संवाद साढे १० बजेसम्म चलेको सो पत्रिकाले लेखेको छ । गत वैशाख र असारमा पनि झन्डै विभाजनको तहमा पुगेको नेकपा विवाद सुल्झाउन राजदूत यान्छी सक्रिय भएकी थिइन्।

नेकपामा कलह देखिएपछि उनी सक्रिय हुदै प्रधानमन्त्री ओली र नेकपाका अरु नेताहरुका घरमै पुगेर भेट्ने गरेकि छिन्। त्यसपछि नेकपाको कलह तत्कालका लागि व्यवस्थापन हुने गरेपछि नेपालका कतिपय राजनीतिक शक्तिहरुले नेपालमा चिनियाँ चासो बढको भनेर पनि टिप्पणी गर्ने गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्