राष्ट्रिय सभाका पूर्वसांसद नेम्बाङको निधन

pic
लाेकपाटी न्यूज

सुनसरी, २७ कार्तिक। राष्ट्रिय सभाका पूर्व सांसद इन्द्रहाङ नेम्बाङको निधन भएको छ। नेम्बाङको बिहीबार ९२ वर्षको उमेरमा धरान–१८ बीपी गेटस्थित आफ्नै निवासमा निधन भएको हो।

उनी ०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सांसद बनेका थिए। वृद्धावस्थासँगै अल्सर, उच्च रक्तचाप, मधुमेह, मुटु, मस्तिष्कघात, पक्षघातबाट पीडित उनलाई पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएको थियो। चिकित्सकहरुले कोरोना निको हुने क्रममा रहेको र अरुलाई सर्न नसक्ने अवस्थामा बताएपनि स्वास्थ्य प्रोटोकल अनुसार स्वर्गीय नेम्बाङको शव व्यवस्थापन भइरहेको उनका साहिँला छोरा सुशील नेम्बाङले बताए।

पाँचथरको इम्बुङमा वि.सं. १९८५ फागुन १३ गते जन्मका नेम्बाङ १८ वर्षको उमेरमा विसं २००३ फागुनमा ब्रिटिश गोर्खा सैनिकमा भर्ती भएका थिए। ब्रिटिश गोर्खा सैनिकमा सेवारत हुँदै सात सालदेखि नेपाली कांग्रेसमा आवद्ध भइ ०४६ सालसम्म विभिन्न पदमा रहेर पञ्चायती व्यवस्थाविरुद्ध लड्न सक्रिय भूमिका खेलेका थिए।

ब्रिटिश गोर्खा सैनिक सेवामा लामो समय सेवा गरेबापत गोर्खा लेप्टनेन्ट पदमा २०२४ सालमा अवकास पाएपछि राजनीति र सामाजिक क्षेत्रका सक्रिय रहँदै आएका थिए। नेम्बाङका श्रीमती, पाँच छोरा र दुई छोरी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्