ललितपुर प्रहरी प्रमुखमा किरण बज्राचार्य

Kiran
लोकपाटी न्यूज

काठमाडौं। गृह मन्त्रालयले ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी किरण बज्राचार्यलाई दिएको छ। आइतबारदेखि कार्यान्वयन हुने गरी गृह मन्त्रालयले बज्राचार्यलाई ललितपुर प्रहरी प्रमुखको जिम्मा दिएको हो।

उनी अनुसन्धानमा अब्बल अधिकृत मानिन्छिन्। यसअघि उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र इन्टरपोलको प्रमुख भएर समेत काम गरेकी छन्। बज्राचार्यले प्रदेश प्रहरी, ठिमी वृत्त, ट्राफिक प्रहरी र तालिम केन्द्र लगायतमा काम गरेकी छन्।

मानव बेचबिखन विरुद्धको अभियानमा पनि बज्राचार्यको महत्त्वपूर्ण योगदान रहेको छ। अमेरिकी सरकारले प्रदान गर्ने ‘टीआईपी रिपोर्ट हिरो २०१६’ बाट सम्मानित भएकी थिइन्। अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष मानव वेचविखनसम्वन्धी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मानव वेचविखनविरुद्ध अभियान चलाएका विश्वभरका व्यक्तिहरूलाई उक्त सम्मान दिन गर्छ।

बज्राचार्य केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा रहँदा करिब २ वर्ष सङ्गठित मानव तस्कर समूहलाई पक्राउ गर्न धेरै हदसम्म सफल भएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्