वडाध्यक्ष यादवको निधन

jagatnarayan-pd-yadav
लाेकपाटी न्यूज

वीरगञ्ज । बाराको पचरौता नगरपालिका १ का वडाध्यक्ष जगतनारायण प्रसाद यादवको निधन भएको छ। वीरगञ्जस्थित प्रभु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यादवको शुक्रबार मृत्यु भएको हो ।

ढाडमा समस्या देखिएपछि शुक्रबार नै उपचारका लागि उनलाई प्रभु अस्पतालमा लगिएको थियो। अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार गराउने क्रममा शुक्रबार दिउँसो साढे १ बजे उनको निधन भएको नगर प्रमुख रमेशकुमार यादवले बताए।

प्रभु अस्पतालका डाक्टर अभिषेक अर्यालले यादवमा उच्च रक्तचाप र मुटुको समस्या देखिएको जानकारी दिए। स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट उनी वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्