वडाध्यक्ष रोकाया मृत भेटिए

Death pic
सांकेतिक चिन्ह
लाेकपाटी न्यूज

महेन्द्रनगर। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया शुक्रबार बिहान मृतावस्थामा फेला परेका छन्।

५७ वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्किएका उनलाई साढे १० बजे मृत भेटिएको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्