वडा सदस्य अंसारीको निधन

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

महोत्तरी, १७ कार्तिक। महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ७ का एक वडा सदस्यको आइतबार राति निधन भएको छ। नगरप्रमुख अशोककुमार मण्डलका अनुसार वडा नं. ७ का वडा सदस्य मोहम्मद हासिम अंसारीको निधन भएको हो।

१५र२० दिन अगाडि अचानक श्वासप्रश्वासमा गडबडी भई दम बढेर सिकिस्त बिरामी भएर भारत बिहारको सीतामढीमा उपचार गराउन गएका वडा सदस्य अंसारीको गएराति निधन भएको हो।

वडासदस्य अन्सारीको निधनले नगरपालिकालाई ठूलो क्षति भएको तथा सम्पूर्ण नगरपालिका स्तब्ध भएको मेयर मण्डलले आज जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ। तत्कालिन माओवादी केन्द्रबाट उनी निर्वाचित भएका हुन्। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्