उर्जामन्त्री वर्षमान पुनलाई राष्ट्रपतिले किन बोलाइन् शीतल निवास ?

Bidhya_Devi_Bhandari
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनलाई शीतलनिवास बोलाएकी छन्। सत्तारुढ नेकपामा नेकपामा विवादले उत्कर्षको रुप लिइरहेका बेला राष्ट्रपति भण्डारीले पुनलाई शीतलनिवास बोलाएकी हुन्।

नेकपाको एकता बचाउने क्रममा मन्त्री पुनलाई पार्टीमा उत्पन्न पछिल्ले परिस्थितिबारे जानकारी लिने उद्देश्यसहित शुक्रबार शीतलनिवास बोलाइएको बताइएको छ। नेकपा शीर्ष नेतृत्वमा देखिएको विवाद उत्कर्षमा पुगेको छ। पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र उनीइतर समूहबीचको तनाव चुलिएको छ।

शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन्। बिहीबार भएको दुई अध्यक्षको भेटमा भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेका थिए। तर प्रधानमन्त्री ओलीले अहिले बैठक बोलाउन जरूरी नरहेको प्रतिक्रिया दिएका थिए। कर्णाली प्रदेशमा देखिएको विवाद, भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग प्रधानमन्त्री ओलीले गरेको भेट लगायत विषयमा मतभिन्नता बढ्दै जाँदा नेकपाको एकता संकटमा परेको हो।

सोही क्रममा राष्ट्रपति भण्डारीले नेकपाको समीकरणमा निर्णायक मानिने नेकपाका नेता बामदेव गौतमलाई शीतल निवास बोलाएर पार्टी एकताका लागि एकजुट हुन आग्रह गरेकी थिइन्। यता नेकपाका केही नेताहरुले नेकपाको आन्तरिक समस्यामा राष्ट्रपति भण्डारीले एक पक्षलाई साथ दिएर पदको मर्यादा उलंघन र स्थापित प्रणालीको अवज्ञा गरेको भन्दै आलोचना समेत गरेका छन्। पार्टीमा देखिएको विवादमा राष्ट्रपति भण्डारीको सक्रियताको नेकपाका केही नेताहरुले विरोध गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्