वामदेवकाे सचिवालयले भन्याे : ‘प्रचण्डकाे प्रतिवेदन हामी सबैकाे साझा हाे’

Bamdev-Gautam
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको सचिवालयले प्रचण्डले शुक्रबारको सचिवालय बैठकमा पेश गरेको प्रस्ताव एक्लैले नल्याएको जनाएको छ।

उक्त प्रस्तावलाई केपी ओली पक्षधरका केही नेताहरुले प्रचण्डले फिर्ता लिनुपर्ने भनेर आतंक मच्चाइरहेका बेला उपाध्यक्ष गौतमले सो प्रस्ताव प्रचण्डसहित ५ जना नेताको छलफल र सहमतिमा तयार भएको बताएको हो।

वामदेव गौतमका स्वकिय सचिव विश्वमनि सुवेदीले शनिबार सामाजिक सञ्जाल फेसबुकमा नेकपा सचिवालयमा पेश गरेको प्रस्ताव प्रचण्डको मात्र प्रस्तावको रुपमा नबुझिदिन आग्रह गरेका छन्। उक्त प्रस्ताव पाँच जना नेताहरुको सामूहिक छलफलबाट टुंगो लागेको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘क. प्रचण्डको जवाफी प्रस्तावलाई उहाँको मात्रै भनेर नबुझौ। त्यो पाँच नेताको सामूहिक छलफलबाट टुंगो लागेको हो।’

pppppppp

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्