वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको काम गर्न बाटो खुल्यो

Bamdev Gautam
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा गरिएको नियुक्ति गैर संवैधानीक भन्दै दायर भएको रिटमा सर्बोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीस्कार गरेको छ।

यस अघि न्यायाधीस डा. आनन्दमोहन भट्टराईको ईजाजासले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशले बुधबार यस अघिको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको छ।

योसँगै राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न बाटो खुलेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलाशले संसद सदस्य हुनका लागि योग्यताको प्रश्न उठाउँदै दायर रिटमा गौतमको पक्षमा फैसला सुनाएको हो।

त्यस्तै, उनलाई मन्त्री बन्नबाट रोक्नका लागि अन्तरिम आदेश माग गरिएको थियो। तर, संवैधानिक इजलाशले त्यस्तो आदेश दिन पनि अस्वीकार गरेको छ। संवैधानिक इजलाशको यो आदेशसँगै गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न र थप संवैधानिक जिम्मेवारी लिनका लागि बाटो खुलेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले बताए।

यसअघि सर्वोचच अदालतले उनको नियुक्ति यथास्थितिमा राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो। तर, संवैधानिक इजलाशले भने अन्तरिम आदेश नहुने फैसला गरेको हो।