विकास आयोजना अनुगमन गर्न प्रधानमन्त्री ओली संखुवासभा पुगे

PM_KP_OLI
लाेकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली विकास आयोजनाहरुको अनुगमनका लागि आज संखुवासभा पुगेका छन्।

उनी ९ सय मेघावटको अरुण तेश्रो जलविद्युत परियोजना, उत्तर दक्षिण कोशी राजमार्ग र किमाथांका नाकाको अनुगमन गर्न त्यसतर्फ गएका हुन्।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली उपत्यकाभित्रका कार्यक्रमहरुमा सहभागी हुँदै आए पनि राजधानी बाहिर भने आज पहिलोपटक निस्किएका हुन्।

संखुवासभामा उनले चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिका–१ मा पर्ने किमाथाङका नाकाको अवलोकन गर्ने छन्।

झण्डै एक वर्षअघि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी) को निर्माणधीन भवनसँगै भन्सार कार्यालय र सुख्खा बन्दरगाहको पनि उनले अवलोकन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली आज दिनभर संखुवासभामा रही साँझ काठमाडौं फर्किनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्