विद्युत आपूर्ति सहज बनाउन उर्जामन्त्रीकाे विशेष सक्रियता

pic
लाेकपाटी न्यूज

काठमाडौं। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले उपत्यकाको भार प्रेशण केन्द्र स्यूचाटार पुगेर दिपावलीको पूर्वसन्ध्यामा अनुगमन गरेका छन्।

शनिबार दिपावलीका दिन वर्ष भरीकै सवैभन्दा धेरै विद्युत खपत हुने भएकाले सरकारले गरिरहेको व्यवस्थापनबारे अनुमन गर्न मन्त्री पुन स्यूचाटारस्थित भार प्रेशण केन्द्रमा पुगेर विद्युतको माग र वितरणमा भईरहेको व्यवस्थाबारे अनुगमन गरेको मन्त्री पुनको नीजि सचिव दुर्गाप्रसाद चापागाँईले जानकारी दिए।

yes

कम्युटरमा आधारित सुपरीवेक्षणीय नियन्त्रण तथा डाटा प्राप्ति स्काडा०को पछिल्लो नयाँ भर्सन प्रयोग गरिएका भार प्रेशण केन्द्रबाट मुलुकको एकीकृत विद्युत प्रणाली अनुगमन र नियन्त्रण गर्नै सकिन्छ।

सो केन्द्रमा सर्भर, मोनिटर लगायत हार्डवेयर र सफ्टवेयरमा पछिल्लो प्रविधि प्रयोग गरिएको छ, यसको प्रभावकारी सञ्चालनबाट विद्युत प्रणालीको विश्वसनीयता, स्थायित्व र सुरक्षा बढाउँदै गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित हुने गरि ऊर्जा मन्त्रालयले व्यवस्था गरेको छ। जर्मन सरकारले जर्मन विकास बैक (केएफडब्लू)मार्फत उपलब्ध गराएको करिब २५ लाख ३० हजार युरो अनुदानमा केन्द्रको आधुनिकरण गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्