विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ

hatkadi-pakrau
  • 7
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २० कार्तिक। काठमाडौंको पुलतीसडकबाट नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्तालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ। पक्राउ परेका दुवैजनालाई नेपाल प्रहरीमा बुझाएको छ।

पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

प्रहरीले विप्लव समूहका नेता-कार्यकर्ताविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्