विप्लव नेकपाका दुई कार्यकर्ता पक्राउ

Netra bikram chand Biplav
लाेकपाटी न्यूज

काठमाडौं। ललितपुरबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन्।

उनीहरूलाई शुक्रबार राति ललितपुर महानगरपालिकाको ज्वागलबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)टेकप्रसाद राईले जानकारी दिए।

पक्राउ पर्नेमा ४१ वर्षीय प्रेम दर्नाल र ३९ वर्षीय सञ्जिव नेपाली छन्। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। उनका अनुसार उनीहरू केन्द्रिय आर्थिक विभागका सदस्यहरू हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्