विशेष अदालतका तीन न्यायाधीश परिर्वतन

Bisesadalat 2
लाेकपाटी न्यूज

काठमाडौं, १७ कार्तिक। विशेष अदालतका तीन जना न्यायाधीश परिर्वतन भएका छन्।

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा सुनुवाइ गर्ने क्षेत्राधिकार पाएको विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी, सदस्यहरु कृष्ण गिरी र रवि शर्मा अर्याललाई सरुवा गरिएको हो।

न्याय परिषदले उनीहरुको स्थानमा प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेलाई ल्याएको हो।

कार्कीलाई अध्यक्ष र अन्यलाई सदस्यको रुपमा उच्च अदालतबाट सरुवा गरिएको हो। सरुवा भएका न्यायाधीशहरु विशेष अदालत हाजिर भने भइसकेका छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्