विश्वभर एकैदिन ९ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु, ९४ हजार सिकिस्त

Corona virus (Covid-19)
लाेकपाटी न्यूज

काठमाडौं। विश्वभर एकैदिन ९ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ९ हजार १८१ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ। योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख ७८ हजार ५२९ पुगेको छ।

यस्तै पछिल्लो २३ घण्टामा ५ लाख ४२ हजार संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड १७ लाख ९६ हजार नाघेको छ। यसमध्ये ३ करोड ६३ लाख ८५ हजार ६९२ जना संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै ३ लाख २२ हजार ४२५ जना संक्रमणमुक्त भएका छन्।

विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ४१ लाख ३२ हजार ४४५ पुगेको छ। उपचार गराइरहेकामध्ये ९४ हजार ९१५ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्