विषाक्त रक्सी खाँदा ६ जनाको मृत्यु

Raksi
लाेकपाटी न्यूज

काठमाडौं। भारतको उत्तर प्रदेशको प्रयागराज जिल्लामा विषाक्त रक्सी खाएका ६ जनाको मृत्यु भएको छ।

अन्य १५ जना गम्भीर बिरामी परेका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रहरीले विषाक्त मदिरा बिक्रेता, उनका भाइ र एक सेल्सम्यानलाई पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्