श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

जनकपुरधाम, २९ कात्तिक। धनुषामा २६ वर्षीया महिलामाथि उनकै पतिले एसिड प्रहार गरेका छन्।

महिलामाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले उनका २७ वर्षीय पति सञ्जीव साहलाई जनकपुरधाम उपमहागरपालिका वडा नम्बर चार संकट मोचन स्कुलनजिक डेराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए।

आज बिहान ती उनीमाथि एसिड आक्रमण भएको थियो। ३ वर्षअघि विवाह भएको उनको पतिसँग राम्रो सम्बन्ध नभएकै कारण उनी माइतीमा बस्दै आएकी थिइन्। पक्राउ परेका सञ्जीवलाई आजै सार्वजनिक गर्ने धनुषाका प्रहरी नायब उपरीक्षक मिश्रले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्