श्रीमानको निधन भएको ५ मिनेटमा श्रीमतिको पनि मृत्यु

Death
  • 3
    Shares
लाेकपाटी न्यूज

धनुषा, १८ कार्तिक। धनुषामा केही समयकै अन्तरालमा एक दम्पत्तिको मृत्यु भएको छ।सोमबार बिहान शहिदनगर नगरपालिका–१ थित कुम्भकर्ण टोलमा बस्ने ९१ वर्षीय रामखेलावन यादवको अन्दाजी पौने ८ बजे मृत्यु भएको थियो। त्यसको करिब ५ मिनेट मै उनकी ८८ वर्षीया पत्नी सुमित्रादेवी यादवको मृत्यु भएको हो।

स्थानीयवासीका अनुसार यादव दम्पत्तिले सदाझैँ बिहान उठेर नित्यकर्म गरेका थिए। एक्कासी रामखेलावनले छोरालाई छाती दुखेको जानकारी गराए। तत्कालै छोरा उपेन्द्र औषधि लिनका लागि जनकपुर तर्फ हिँडे। यसबीचमै रामखेलावनको मृत्यु भयो । पतिको अचानक मृत्यु भएपछि सुमित्रादेवी अचेत भइन्। अचेत अवस्थामै उनको पनि निधन भयो।

मृतक दम्पत्तिका छोरा उपेन्द्रले भने, ‘बुवा मृत्युको शोकमा आमा बेहोस हुनुभयो, हामीले बुवाको शव व्यवस्थापनको तयारी गर्न नपाउँदै आमा पनि बित्नुभयो ।’

एक साथ दम्पतीकै निधन भएपछि स्थानीयवासीले दुवैको एक साथ अन्त्येष्टि गरेका गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्