श्रीलंकाले एमसीसीमा हस्ताक्षर गर्दैनः राष्ट्रपति राजापाक्ष

mcc
लोकपाटी न्यूज

एजेन्सी। श्रीलंकाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा हस्ताक्षर नगर्ने जनाएको छ। श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षले एमसीसीमा हस्ताक्षर नगर्ने जनाएका हुन्।

उनले अमेरिकी विदेशमन्त्री माइक पम्पियोसँग बुधबार हुने भेटमा यस विषयमा कुनै छलफल नहुने बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। राष्ट्रपति राजापाक्षले एमसीसीमा हस्ताक्षर गर्ने काम सपनामा पनि सम्भव नभएको बताएका छन्।

राष्ट्रपति गोटावायले भनेका छन्, ‘केहीले सरकारले एमसीसीमा हस्ताक्षर गरे सरकार छाड्ने बताएका छन्। एमसीसीमा सपनामा पनि हस्ताक्षर हुँदैन। ती अरुलाई खुसी पार्नका लागि आएका कमेन्ट हुन्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्