न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम सिफारिस

Ramprsad shrestha
लाेकपाटी न्यूज

काठमाडौं, २२ कार्तिक। वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा सिफारिस गरेको छ। शनिबार बारको कार्यसमितिले श्रेष्ठको नाम सिफारिस गरेको हो।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा उनी ४ वर्षका लागि परिषद्को सदस्य हुनेछन्।श्रेष्ठ यसअघि पनि न्याय परिषद्मा सदस्य भइसकेका व्यक्ति हुन्। नयाँ संविधान बनेपछि उनी कार्यकाल पूरा नगर्दै पदमुक्त बनेका थिए।

तर पछि भने बारले उनको नाम सिफारिस गरेन। बारबाट सिफारिस भएका रामप्रसाद सिटौलाले गत असोजमा अवकाश पाएपछि बारका तर्फबाट प्रतिनिधित्व हुने सदस्यको पद रिक्त थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्